नियम
लेखाङ्कनको तरिका
(१) ऐनको दफा २२ बमोजिम कर लेखाङ्कन गर्दा प्रचलित कानून बमोजिम लेखामानको व्यवस्था भए सोही बमोजिम गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै लेखामानको व्यवस्था नभएको अवस्थामा प्रचलित कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनको आधारमा विभागले तोकेको लेखामान अनुसार कर लेखाङ्कन गर्नु पर्नेछ ।